आफ्नै घाईते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक स्याङ्जा प्रहरीको नियन्त्रणमा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, March 30, 2021

    आफ्नै घाईते सहचालकलाई कालीगण्डकीमा फाल्ने चालक स्याङ्जा प्रहरीको नियन्त्रणमा


    घाईते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ट्याक्टर चालक अमित परियार पक्राउ परेका हुन् ।

    श्रीमती र छोरी सहित भारत तर्फ भाग्न लागेको अवस्थामा प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए । वडा प्रहरी कार्यालय वालिङबाट खटिएका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट चैत १३ गते पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

    चैत्र ५ गते अस्थायी नं लु.अ.अ.फ. १०१२ भएको स्थायी नम्बर प्राप्त नभएको ट्याक्टर चालक गल्याङ ८ बंग्रान्तीका २७ वर्षीय चालक अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर राति फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए । चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गाहा ट्याक्टरबाट खसि घइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कालिगण्डकी साँखरघाटमा लगी नदीमा बगाएको प्रहरीले जनाएको छ ।

    यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो । अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।




    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad