सलमानलाई चुनौती दिँदै जोन - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, March 18, 2021

    सलमानलाई चुनौती दिँदै जोन

     

    बलिउड सुपरस्टार जोन अब्राहम अभिनीत प्रतिक्षीत फिल्म ‘सत्यमेव जयते २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो फिल्म १३ मे अर्थात् ईदमा प्रदर्शन हुने भएको छ । पहिला ईदको एक दिनपछि अर्थात् १४ मेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । फिल्मको रिलिज डेट हेरफेर भएको जानकारी जोनले सामाजिक सञ्जालमा नयाँ पोस्टर शेयर गर्दै दिएका हुन् । 
     
    उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको पनि खुलासा गरेका छन् । उनले लेखेका छन्, ‘यो ईद, सत्य भर्सेस जय लड्नेछन् यो वर्ष ।’ पोस्टरमा जोन डबल अवतारमा देखिएका छन् । मिलाप जवेरीको निर्देशनमा बनेको फिल्ममा  दिव्या कुमार खोसलाको पनि मुख्य भूमिका छ । उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । यो फिल्मको अघिल्लो पार्ट सुपरहिट भएको थियो ।
     
    ‘सत्यमेव जयते २’ को प्रदर्शन मिति घोषणा भएसँगै अब बक्सअफिसमा जोनको भिडन्त अभिनेता सलमान खानसँग हुने भएको छ । यो मिति यसअघि नै ‘राधे : योर मोस्ट वान्टेड भाई’ ले लक गरेको थियो । प्रभु देवा निर्देशित यस फिल्ममा दिशा पटानी, ज्याकी श्राफ, जरीना वहाब र रणदीप हुड्डाको पनि मुख्य भूमिका छ । ईदमा दुई फिल्मबीचको भिडन्त रोचक हुने अनुमान गर्न सकिन्छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad