वालिङमा थप २९ जनामा कोरोना पुष्टि - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, April 30, 2021

    वालिङमा थप २९ जनामा कोरोना पुष्टि

    वालिङमा थप २९ जनामा कोरोना पुष्टि

    स्याङ्जा, वैशाख । स्याङ्जाको वालिङ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images
    images

    प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो जारी गरेको विज्ञप्तिमा राम्दी हेल्थ डेस्कमा गरिएको एण्टीजेन परीक्षणका क्रममा वालिङका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    परीक्षणको क्रममा वालिङ नगरपालिकाको वडा नं. ५ मा १ जना, ७ मा १ जना ८ मा ११ जना ९ मा १ जना, १० मा १ जना ११ मा २ जना १२ मा १० जना १३ मा १ जना र १४ मा १ जना गरी २९ जनामा कोरोना सङ्क्रमित थपिएको शर्माले जानकारी दिनुभयो । 

    सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले सबै सङ्क्रमितहरु होमआइसोलेसनमा बसिरहेको निर्देशक शर्माले बताउनुभयो ।

    पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८२५९ पुगेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad