स्याङ्जाका यी दुई सडकले ८० करोड पाउँदै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, April 5, 2021

    स्याङ्जाका यी दुई सडकले ८० करोड पाउँदै

    स्याङ्जाका यी दुई सडकले ८० करोड पाउँदै

    स्याङ्जा, २३ चैत। प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी प्रधानमन्त्री केपी ओलीले शनिबार एकै पटक एक सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गर्नुभएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित विशेष कार्यक्रममा एकैसाथ भर्चुअल माध्यमबाट यस कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले यो कार्यक्रमले सडक पूर्वाधार निर्माणमा फड्को मार्ने बताउँदै निर्धारित समयमै गुणस्तरीय सडक निर्माण गर्न निर्देशनसमेत दिनुभयो ।

    images

    एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड रुपैयाँ र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा ५० करोड रुपैयाँ दिइने छ ।

    यसैगरी दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई ४० करोड रुपियाँका दरले रकम दिइने छ ।

    यसैगरी तीन वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई २५ करोड रुपियाँका दरले रकम उपलब्ध गराइने छ ।

    images

    यसबाहेक काठमाडौँ जिल्लामा प्रतिनिर्वाचन क्षेत्र २० करोड रुपियाँ दिइने सरकारको योजना अनुसार धादिङले दुई वटा सडकको लागि ८० करोड पाउने भएको छ ।

    जसमा स्याङ्जा निर्वाचन क्षेत्र नं १ अन्तर्गत घुम्ती चिसापानी चित्रे भन्जयाङ जोड्ने सडकले ४० करोड र निर्वाचन क्षेत्र नं २ अन्तर्गत भम्रे -र्चलवोट तमादी-डुम्रे भन्ज्याङ-वानीडाँडा हुँदै सेतीवेणी गुल्मी सडकले ४० करोड पाउने भएको हो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad