चापाकोट नगरपालिकाले ग¥यो निशेधाज्ञा, सिडिओ भन्छन् हामीलाई थाहा छैन - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, May 1, 2021

    चापाकोट नगरपालिकाले ग¥यो निशेधाज्ञा, सिडिओ भन्छन् हामीलाई थाहा छैन

    चापाकोट नगरपालिका


    स्याङ्जा, बैशाख । चापाकोट नगरपालिकामा कोरोना संक्रमित बढ्दै गएपछि अत्यवाश्यक बाहेकका सम्पूर्ण कार्यहरु बन्द गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो चरणको संक्रमण चापाकोट नगरपालिकामा पनि देखिएपछि अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निशेध गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images

    चापाकोट नगपालिकाका नगर प्रमुख शिव कुमार गिरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाअन्र्तगतका कर्मचारी र समुदायमा समेत कोरोना पुष्टि भएको छ । संक्रमणबाट बच्न उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चापाकोट नगरपालिका स्थानीय विपद व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुने गरी नगरपालिका अन्र्तगतका सबै कार्यालय लगायतका सबै सेवाहरु बन्द गरेको छ ।

    नगरप्रमुख गिरीले विश्वव्यापी महामारीको रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड १९) को दोस्रो चरणको संक्रमण बढ्दै गई मानव स्वास्थ्यमा सुरक्षा चुनौती बढ्दै गइरहेको हुँदा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र घरमै सुरक्षित भई बस्नको लागि अनुरोध गर्नुभएको छ ।

    नगरपालिकाले नगरभित्रका अत्यावश्यक सेवाबाहेकका पसल तथा व्यवसायहरु बिहान ६ बजे देखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न, नगरपालिका भित्र अत्यावश्यक काम बाहेकका सवारी साधन नचलाउने, यदि चलाउन परेमा नगरपालिकाभित्रको हकमा नगरपालिकाको लिखित अनुमति लिएर मात्र घर बाहिर निस्कन पाउने बताएको छ ।

    त्यसै गरी नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरुले स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक सुरक्षा भत्ता र सरकारी बाहेकका कारोबार मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

    चापाकोट नगरपालिकाभित्र अहिले कोरोना संक्रमितको संख्या १५ पुगेको नगरपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विन्दु कोइरालाले कालीगण्डकी खबरलाई बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले कालीगण्डकी खबरसँग कुराकानी गर्दै भन्नुभयो, ‘‘जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो छ । हामी निशेधको विषयमा छलफलको क्रममा नै छौँ र अहिलेसम्म जिल्लाको कुनै पनि पालिकामा अनिश्चितकालसम्मका लागि बन्द गरिएको जानकारी छैन । स्थानीय तहले कोरोना संक्रमितको संख्या बढ्दै गएमा उहाँहरुको सिफारिसअनुसार पनि पालिका मात्रै पनि बन्द गर्न सकिन्छ तर, स्थानीय प्रशासन ऐन, २०२८ ले निशेधको अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्रै दिएको छ ।

    चापाकोट नगरपाकिलका प्रमुख प्रशासकीय अधिकृत धुब्र खनालले पालिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको र जिल्ला प्रशासनले कुनै पनि निर्णय नगरेको हुनाले ऐनभन्दा जनता ठूला भएकाले नागरिक ज्यान जोगाउनको लागि पालिका बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

    chapakot banda notice.jpg




    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad