स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, May 10, 2021

    स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु

    स्याङ्जाका थप २ जना कोरोना संक्रमितको मृत्यु

    स्याङ्जा, २७ बैशाख । स्याङ्जाका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ् नगरपालिका र फेदीखोला गाउँपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

    images
    images

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार गल्याङ नगरपालिका वडा नं ३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८:४५ बजे मुत्यु भएको हो ।

    उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसै गरी फेदीखोला गाउँपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा २६ गते बेलुका ६:४५ बजे मृत्यु भएको हो ।

    उहाँलाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad