स्याङ्जा, २६ बैशाख । स्याङ्जाका दुई जना कोरोना संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
वालिङ् नगरपालिकाका १ पुरुष र गल्याङ् नगरपालिकाकी एक महिला गरी दुई जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएका वालिङ नगरपालिका वडा नं २ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ गते दिउँसो १ बजे र बैशाख २० गते कोरोना पुष्टि भएकी गल्याङ् नगरपालिकाकी वडा नं ३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा २५ गते दिउँसो ३३० बजे मृत्यु भएकोे हो ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको बैशाख २५ गते शनिबारको तथ्याङ्क अनुसार जिल्लामा संक्रिय संक्रमितको संख्या४५५ रहेको छ ।
No comments:
Post a Comment
Welcome To BIKRAM SHAHI