मन्त्री अर्यालको पहलमा गृह जिल्ला र प्रदेशलाई स्वास्थ्य सामाग्री - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 18, 2021

    मन्त्री अर्यालको पहलमा गृह जिल्ला र प्रदेशलाई स्वास्थ्य सामाग्री

    मन्त्री अर्यालको पहलमा गृह जिल्ला र प्रदेशलाई स्वास्थ्य सामाग्री

    स्याङ्जा, ४ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री पठाउनुभएको छ ।

    images
    images

    देशभर कोरोना संक्रमित र मृत्युदर समेत बढिरहेका बेला मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जा र गण्डकी प्रदेशलाई समेत स्वास्थ्य सामाग्री पठाउनुभएको हो ।

    गण्डकी प्रदेशलाई पठाउनुभएको स्वास्थ्य सामाग्री पोखरा ल्याईएको छ । मन्त्री अर्यालको विशेष पहलमा नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशलाई पठाएको अक्सिजन, पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेस सिल्ड लगायत अन्य स्वास्थ्य सामाग्री पोखरा आइपुगेको हो ।

    पछिल्लो समय स्याङ्जामा समेत कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमितहरु बढिरहेका बेला मन्त्री अर्यालले स्याङ्जालाई अक्सिजन, ३० वटा पल्स अक्सिमिटर, ३५ हजार थान माक्स, २ सय ६० लिटर सेनिटाइजर, ४ सय २० पिस पिपिइ, ३ हजार पन्जा, ३३ वटा थर्मोगन, पाँच थान अक्सिजन कन्सन्ट्रेटर समेत पठाउनु भएको छ । उक्त स्वास्थ्य सामाग्री मंगलबार स्याङ्जामा हस्तान्तरण गरिने छ ।

    जिल्लामा पछिल्लो समय संक्रमितको मृत्युदर समेत बढेको भन्दै कोरोना रोकथाम तथा न्युनिकरणका लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहज तरिकाले उपलब्ध हुने गरी पठाएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

    कोरोना भाइरसको कारण समय जटिल बन्दै गएको र बाहिर निस्कन सक्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले आफै उपस्थित हुन नसके पनि प्रदेश र जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको छ ।

    उहाँले यो बेला सावधानी अपनाउदै सुरक्षित भइ घरमै बस्न सबै नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad