स्याङ्जाका थप ३५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 18, 2021

    स्याङ्जाका थप ३५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

    स्याङ्जाका थप ३५ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

    स्याङ्जा, ४ जेठ । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप पाँच जनाको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार पुतलीबजार नगरपालिकाका ९ जना पुरुष र ९ जना महिला र भिरकोट नगरपालिकाका ७ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार जिल्लामा अहिले ४५९ जना पुरुष र ४३२ महिला गरी ८९१ जना कुल संक्रिय संक्रमित रहेका छन् ।

     थप ५ जना कोरोना संक्रमितको मृत्यु
    त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पुतलीबजार नगरपालिकाका दुई, वालिङ, भीरकोट, गल्याङ र पालिका नखुलेको एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

    images
    images

    पुतलीबजार नगरपालिका वडा नं ५ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मेडिप्लस अस्पताल पोखरामा मुत्यु भएको हो । उहाँलाई बैशाख २५ गते कोरोना पुष्टि भएको थियो ।

    त्यसै गरी पुतलीबजार नगरपालिकाकी ५० वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा ग्यालेक्सी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई बैशाख १७ गते कोरोना पुष्टि भएको थियो ।

    वालिङ नगरपालिका वाड नं १० की ५९ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ । उहाँलाई बैशाख २६ गते क्रोरोना पुष्टि भएको थियो ।

    त्यसै गरी भीरकोट नगरपालिका वडा नं ६ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    गल्याङ नगरपालिका वडा नं ३ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको गल्याङ नगर अस्पतालमा मृत्यु भएको छ । उहाँलाई बैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो सँगे कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad