वालिङमा सडक अवरुद्ध हुँदा सङ्क्रमितलाई लिन गएको टोली रोकियो - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Monday, May 31, 2021

    वालिङमा सडक अवरुद्ध हुँदा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

    वालिङमा सडक अवरुद्ध हुँदा सङ्क्रमितलाई लिन गएको टोली रोकियो

    स्याङ्जा, १७ जेठ । केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ ।

    images
    images

    पहिराका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् ।

    हुलकाङस्थित फूलबारीमा कोरोना सङ्क्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पु¥याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।

    वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिनुभयो ।

    लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad