स्याङ्जा र कास्कीमा करेन्ट लागेर दुईको मृत्यु - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, June 8, 2021

    स्याङ्जा र कास्कीमा करेन्ट लागेर दुईको मृत्यु

    स्याङ्जा र कास्कीमा करेन्ट लागेर दुईको मृत्यु

    स्याङ्जा, २५ जेठ । स्याङ्जा, चापाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

    images

    चापाकोट नगरपालिका १० र १ जोड्ने निर्माणाधिन पुलमा काम गर्ने दाङ राप्ती गाउँपालिका ५ घर भएका २० वर्षीय शशिधर थापाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

    मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा अशक्त भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यसै गरी कास्की, अन्नपूर्ण गाउँपालिकामा करेन्ट लागेको एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका १० होदु बस्ने शेर बहादुर बिकको छोरा ८ वर्षीय युवराज बिकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।

    आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होलडरमा हात घुसाउँदा करेन्ट लागेर वेहोस भएका उनको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad