स्याङ्जाका थप ९५ जनामा कोरोना पुष्टि, ४ जनाको निधन - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 27, 2021

    स्याङ्जाका थप ९५ जनामा कोरोना पुष्टि, ४ जनाको निधन

    स्याङ्जाका थप ९५ जनामा कोरोना पुष्टि, ४ जनाको निधन

    स्याङ्जा, १३ जेठ । स्याङ्जाका थप ९५ जनामा कोरोना पुष्टि भएको छ भने ४ जना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

    images
    images

    पछिल्लो २४ घण्टामा संक्रमणबाट हरिनास गाउँपालिकाका २ जना र वालिङ र पुतलीबजार नगरपालिकाका एक/एक जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार हरिनास गाउँपालिका ३ की ४५ वर्षीय कोरोना संक्रमित महिलाको बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको हो । उहाँलाई जेठ ९ गते संक्रमण पुष्टि भएको थियो ।

    त्यसै गरी सोही गाउँपालिका ४ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उहाँलाई जेठ ७ गते संक्रमण पुष्टि भएको थियो ।

    वालिङ नगरपालिका १४ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको फिस्टेल अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको छ ।

    त्यसै गरी पुतलीबजार नगरपालिका १ का ५३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो ।

    पछिल्लो २४ घण्टामा जिल्लाका ५१ महिला र ४४ पुरुष गरी थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad