मुक्तक - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 28, 2021

    मुक्तक

    ५ मुक्तक

     १.

    सल्काएर नतान्दै सकिने साँच्चै चुरोट हो रहेछ जिन्दगी
    जता गए नि ठक्कर खानुपर्ने सोच्दा चोट रहेछ जिन्दगी
    आउँछन् जान्छन् हाँसो खुसी त केवल क्षणिकताको पाहुना
    दिनरात सहन बाध्य बस् पीडा फल्ने बोट रहेछ जिन्दगी ।।

    २.
    भलाई गर्न खोज्दा खुट्टा नै तान्यो भन्ने समाजमा छु म
    यथार्थ बोल्दा शब्दले नै छुरा हान्यो भन्ने समाजमा छु म
    कुकुरलाई घिउ पच्दैन भन्थे बुढापाकाले हो कि क्या हो
    गल्ती सुधार भन्दा कमजोर ठान्यो भन्ने समाजमा छु म ।।

    ३.
    युवा जति विदेश गाउँमा लडिराको बाँझो बारी देखेर
    अचम्म लाग्छ यो देशका नेताको भ्रष्टाचारी देखेर
    भकानिन्छ मुटु बर्सिन्छ आँसुधारा भतभती पोल्छ यो छाती
    दिनरात देशमा बढ्दै गाको महङ्गो कालो बजारी देखेर ।।

    ४.
    विकास गर्छु भनी खाएको सपथ तोडिन्छ मेरो देशमा
    तय गरेका नीति कागजमै सीमित छोडिन्छ मेरो देशमा
    सत्तामा बसी दिनरात भ्रष्टाचार गर्दा पनि नपुगेपछि
    दुस्खी गरीब जनताको खुसी समेत गोडिन्छ मेरो देशमा ।।

    ५.
    थुनिएर बन्द कोठामा भोक भोकै कति बस्ने सरकार
    सिंहदरबार बसेर झुपडीका जनता डस्ने सरकार
    अब पनि नबुझेको विषम यो परिस्थिति कहिले बुझ्छौ
    जनता मृत्युको मुखमा छट्पटिँदा कुना पस्ने सरकार ।।

    अन्जिता राउत

    नेचा सल्यान ५, सोलुखुम्बु
    हाल भक्तपुर लोकन्थली 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad