स्याङ्जामा गुणस्तरहिन स्यानिटाईजर बिक्री गर्ने पक्राउ - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 26, 2021

    स्याङ्जामा गुणस्तरहिन स्यानिटाईजर बिक्री गर्ने पक्राउ

    स्याङ्जामा गुणस्तरहिन स्यानिटाईजर बिक्री गर्ने पक्राउ

    स्याङ्जा, १२ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट गुणस्तरहिन स्यानिटाईजर बिक्री गरेको आरोपमा एक पुरुष सोमबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १ बस्ने ४७ वर्षीय देवेद्र पौडेले रहेको प्रहरीले बताएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाको अनुसार पुतलीबजार नगरपालिका १ प्रगतिनगर घुम्तिस्थित मित्र काफ्लेको घरमा सोही ठाउँ बस्ने पौडेलले लुकाई राखेको गुणस्तरहिन स्यानिटाईजर बरामद गरेको बताएको छ ।

    पौडेलको कोठाबाट उत्सव डिटर्जेट एण्ड कस्मेटिक उद्योगबाट उत्पादित हेण्ड सेनिटाईजर ९० लिटर, गोलेबल हेल्थ केयर भारत लेखिएको हेण्ड सेनिटाईजर ९० लिटर र पुतलीबजार नगरपालिका १ चन्द्रनगर घुम्तीस्थित दिलिप श्रेष्ठको रोल बराह सप्तायर्सबाट १२ लिटर गरी १९२ लिटर स्यानिटाईजर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    प्रहरीले पौडेललाई कालोबजार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

    यो पनि पढ्नुहोस्:स्याङ्जाबाट गुणस्तरहिन स्यानिटाईजर बरामद

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad