वालिङमा सोमबार थपिए २८ जना कोरोना संक्रमित - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 4, 2021

    वालिङमा सोमबार थपिए २८ जना कोरोना संक्रमित

    वालिङमा सोमबार थपिए २८ जना कोरोना संक्रमित

    स्याङ्जा, २१ बैशाख । सोमबार वालिङ नगरपालिकामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

    गह्रौ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परिक्षणमा यहाँका २८ जनामा संक्रमण पुष्टी भएको हो । वालिङ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा सोमबार २८ जनामा संक्रमण पुष्टी भएको जनाईएको छ ।

    विज्ञप्ति अनुसार वडा नं. २ मा ४ जना, ६ मा ३ जना, ८ मा ५ जना, १० मा ४ जना, ११ मा १ जना १२ मा २ जना, १३ मा १ र १४ मा १ गरी २८ जनामा संक्रमण पुष्टी भएको हो ।

    वडा नं. २ का १०, ६८, ५१ वर्षका पुरुष र ३७ वर्षका महिला, वडा नं. ६ मा २० वर्षका महिला र ३० र ६५ वर्षका पुरुष, वडा नंं. ८ का ४२ र ४५ वर्षका महिला, २८, १९ र ५२ वर्षका पुरुष, वडा नं. ९ का ५०, १७, ३९, २४ वर्षका महिला र ४५, ५४, ५४ वर्षका पुरुष, वडा नंं. १० का ३८, १७, ४५ वर्षका महिला र १५ वर्षका पुरुष, वडा नं. ११ का ५१ वर्षका महिला, वडा नंं. १२ का ३८ र २३ वर्षका पुरुष, वडा नंं १३ का २५ वर्षका पुरुष र वडा नं. १४ का ५६ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।

    यसैबीच उता पोखरामा गरिएको पिसिआर परिक्षणमा सोमबार जिल्लाका १६ जनामा संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा जारी विज्ञप्तिमा अर्जुनचौपारी, भीरकोट, चापाकोट र पुतलीबजारका गरी १६ जनामा संक्रमण पुष्टी भएको हो ।

    अर्जुनचौपारी १ पुरुष, भीरकोटका १ पुरुष, चापाकोटका १ पुरुष र पुतलीबजारका ५ पुरुष र ८ महिला गरी १६ जनामा संक्रमण पुष्टी भएको छ । यसैबीच जिल्लाभर सक्रिय संक्रमितको संख्या २५४ पुगेको छ । सोमबार मात्रै जिल्लामा ४२ जना संक्रमित थपिएका हुन् ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad