स्याङ्जामा भोलि बिहानदेखि १० दिने निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ? - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Tuesday, May 4, 2021

    स्याङ्जामा भोलि बिहानदेखि १० दिने निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?


    स्याङ्जा, २० बैशाख । स्याङ्जामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भोलि बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

    images

    प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सूचना जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते मध्यराती १२ बजे सम्मका लागि निशेधाज्ञा जारी गर्ने बताउनु भएको हो ।

    कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारीे गर्ने निर्णय गरेको प्रजिअ नेपालले कालीगण्डकी खबरलाई जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुरुप जिल्लाभर १० दिने निषेधाज्ञा जारी भएको हो ।

    जिल्लामा निषेधाज्ञाका समयमा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न बाहेक अनावश्यक हिँडडुल गर्न नपाइने व्यवस्था छ। अत्यावश्यक खाद्यान्न लगायतका पसलहरु पसलहरु बिहान ५ देखि ११ बजेसम्म (६ घण्टा) दिनको एकपटक मात्र खोल्न पाईन्छन् ।

    औषधी तथा औषधालयहरु, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र प्रशासनबाट अनुमति प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैंन् ।

    मठ, मन्दिर तथा बिभिन्न धार्मिक कार्य वा विहेवारीमा २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन। सहभागीले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्नेछ । आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने समेत जनाइएको छ ।

    यसअघि चापाकोट, गल्याङ् र वालिङ नगरपालिकाले स्वास्थ्य विपत घोषणा गर्दै पालिका बन्द गर्ने निर्णय गरिसकेका छन् ।

    जिल्लामा सोमबार साँझसम्म २ सय ५४ जना कोरानाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २ सय १६ होम आइसोलेनमा, ३० जना सामान्य उपचारमा र ८ जना क्वारेन्टिनमा उपचारत छन् ।

    Notice for whole Syangja Lock Down 2078-01-19.jpg

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad