स्याङ्जामा जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 5, 2021

    स्याङ्जामा जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर

    स्याङ्जामा जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर

    स्याङ्जा, २२ बैशाख । मुलुकमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला धेरै अस्पतालमा भेन्टिलेटरको अभाव खट्किएको छ । तर, जिल्ला उपलब्ध भएको ४ वटा भेन्टिलेटर भने स्टोर कक्षमै थन्क्याउन बाध्य भएको स्याङ्जा जिल्ला अस्पतालले जनाएको छ ।

    images
    images

    दक्ष जनशक्ति अभावमा भेन्टिलेटर उपयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रमेश आचार्यले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘भेन्टिलेटर चलाउन एनेस्थीयोलोजिष्ट र तालिमप्राप्त नर्स चाहिन्छन् । उनीहरुको अभावमा भेन्टिलेटर चलाउन सकिएको छैन ।’

    बिरामीको अवस्था जटिल बनेपछि कृत्रिम श्वास दिनका लागि प्रयोग गरिने मेसिन (भेन्टिलेटर) चलाउने चिकित्सक एवं प्राविधिक नभएको उहाँको भनाई छ । जिल्ला संकट व्यवस्थापन समितिले अस्पतालमा १० शैयाको आइसोलेसन बनाउने निर्णय गरेको छ । अघिल्लो बर्ष पनि जिल्ला अस्पतालमा आइसोलेसन कक्षा बनाइएको थियो ।

    स्याङजामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । मंगलबारसम्म संक्रमितको संख्या २ सय ७५ पुगेको छ । संक्रमितमध्ये २ सय ४९ होम आइसोलेसनमा, १९ जना विभिन्न स्वास्थ्य संस्थामा र ७ जना क्वारेन्टाइनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख विष्णु प्रसाद सुवेदीले बताउनुभयो ।

    उहाँले जिल्लामा उपलब्ध रहेका १० अस्पतालमा २ सय १० वेड क्षमता भएपनि अहिलेसम्म कुनै पनि अस्पतालमा आइसीयू र भेन्टिलेटर सहितको सुविधा नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १ यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    यो पनि पढ्नुहोस् :-
    स्याङ्जामा जनशक्तिको अभावमा स्टोरमै थन्क्याइयो भेन्टिलेटर

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad