चापाकोटका थप २० जनामा कोरोना संक्रमण पुष्टि - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Wednesday, May 5, 2021

    चापाकोटका थप २० जनामा कोरोना संक्रमण पुष्टि

    चापाकोटका थप २० जनामा कोरोना संक्रमण पुष्टि

    स्याङ्जा, २२ बैशाख । स्याङ्जाको चापाकोट नगरपालिकाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    चापाकोट नगरपालिका वडा नं १ मा १, वडा नं २ मा २, वडा नं  ४ मा १, वडा नं ७ मा ७ जना, वडा नं ८ मा ६ जना, वडा नं ९ मा २ जना र वडा नं १ मा १ जना गरी थप २० जनामा कोरोना संक्रमण पुष्टि भएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    images
    images

    चापाकोट नगरपालिकाका सुचना अधिकारी विन्दु कोइरालाका अनुसार चापाकोट हेल्थ डेक्कमा गरिएको एण्टीजेन परीक्षणको क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    चापाकोटका विभिन्न ठाउँहरुमा पछिल्लो समय ज्वारोका बिरामीहरु बढेको बताउँदै नगरपालिकाका सूचना अधिकारी कोइरालाले कालीगण्डकी खबरसँग भन्नुभयो, ‘‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको व्यक्तिहरुको परीक्षण गर्दा अधिकाशमा कोरोना संक्रमण पुष्टि भएको छ ।”

    स्याङजामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । मंगलबारसम्म संक्रमितको संख्या २ सय ७५ पुगेको छ । संक्रमितमध्ये २ सय ४९ होम आइसोलेसनमा, १९ जना विभिन्न स्वास्थ्य संस्थामा र ७ जना क्वारेन्टाइनमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख विष्णु प्रसाद सुवेदीले बताउनुभयो ।

    उहाँले जिल्लामा उपलब्ध रहेका १० अस्पतालमा २ सय १० वेड क्षमता भएपनि अहिलेसम्म कुनै पनि अस्पतालमा आइसीयू र भेन्टिलेटर सहितको सुविधा नरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १ यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad