अर्पणले फेरि बनाए हरर फिल्म - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, March 18, 2021

    अर्पणले फेरि बनाए हरर फिल्म

    फिल्ममा कथा भन्ने शैली हरेक निर्देशकको आ-आफ्नै हुन्छ । कोही प्रेमकथालाई आफ्नो विधा मान्छन् भने कसैलाई कमेडी वा एक्सन जनराका फिल्ममा काम गर्न सहज लाग्छ । तर, संसारमा हरर जनरा प्रायः निर्देशकको रोजाईमा पर्दैन । यसकारण पनि विश्वमा हरर फिल्म थोरै संख्यामा बन्ने गरेका छन् । नेपालमा त वर्षमा मुश्किलले एउटा हरर फिल्म पनि निर्माण र प्रदर्शन हुँदैन ।

     
    तर, अभिनेता अर्पण थापा हरर जनराका फिल्मबाटै आफूलाई निर्देशकको रुपमा स्थापित गर्ने ध्याउन्नमा छन् । अभिनयमा अब्बल मानिने अर्पणले ‘मुखौटा, आधा लभ, सुनकेशरी र घर’ फिल्मको निर्देशन गरिसकेका छन् । यीमध्ये ‘सुनकेशरी र घर’ हरर फिल्म हुन् । अब उनले तेस्रो पटक हरर फिल्म ‘भुत घर’ निर्देशन गरेका छन् । यो फिल्मको छायांकन पूरा भइसकेको छ । 
     
    लकडाउनको समयमा छायांकन भएको फिल्ममा अर्पण स्वयं प्रमुख भूमिकामा छन् । उनको अपोजिटमा सिर्जना रेग्मीले अभिनय गरेकी छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्मको सम्पादन  मिलन श्रेष्ठले गरेका छन् । हरि तामाङले निर्माण गरेको फिल्मको वितरण जिजिए ग्रुपले गर्नेछ । फिल्मको केही दिनमा प्रदर्शन मिति घोषणा गरिने वितरक करण श्रेष्ठ (क्रेजी) ले बताए ।
     
    नेपालमा हरर जनराको फिल्म बनाउने प्रयास खासै सफल देखिएको छैन । नेपाली हरर फिल्मले दर्शकलाई तर्साउनेभन्दा हँसाउने काम बढी गरेको छ । ‘सुनकेशरी’ यसको उदाहरण हो । मेकिङको हिसाबले पनि नेपालमा निर्माण भएका हरर फिल्म कमजोर मानिन्छ । अब हरर जनराको फिल्ममा अर्पणको तेस्रो प्रयास कति सफल होला ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad