वालिङमा अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 14, 2021

    वालिङमा अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा

    वालिङमा अक्सिजनसहितको आईसोलेसन सञ्चालनमा

    स्याङ्जा, ३१ बैशाख । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आईसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

    उहाँले अस्पतालमा निर्माणाधिन भवनमा सञ्चालनमा ल्याईएको आईसोलेसन कक्षमा रहेका प्रत्येक शैयामा अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने बताउनुभयो ।

    कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि लगिने नगर प्रमुख खाँणले बताउनुभयो ।

    “बजार तथा गाउँ÷गाउँमा सङ्क्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।”

    विश्वब्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर तथा सङ्क्रमितको संख्या स्याङ्जाका एघार पालिकामध्ये वालिङमा धेरै छ ।

    गह्रौँ प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका विरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अस्पतालमा गरिएको नमूना परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ । होम आईसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आईसोलेसन कक्षमा ल्याई उपचार गरिने उहाँले बताउनुभयो ।

    सङ्क्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad