खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज साँझ ५:३० बजे (बिहीबार) काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्दै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 13, 2021

    खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज साँझ ५:३० बजे (बिहीबार) काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्दै

    काठमाडौंले प्लेअफको पहिलो खेलमा धनगढी रेजर्ससँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि फाइनल खेल्ने अर्काे अवसर पाएको हो । यस्तै ललितपुरले प्ले अफको दोस्रो खेलमा बुटवल लुम्विनीलाई १–० ले हराउँदै एलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।

    यस खेलमा जित हात पार्ने टोलीले १ जेठमा धनगढी एफसीको सामना गर्नेछ । धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

    एलिमिनेटर खेलका लागि ललितपुरले भन्दा काठमाडौंले एक दिन बढी विश्राम पाएको छ । तालिका अनुसार ललितपुरले २४ घन्टा नबित्दै अर्काे खेल खेल्न लागेको हो । काठमाडौं यसको फाइदा लिने योजनामा हुनेछ ।

    टोलीसँग कप्तान तथा मार्की खेलाडी विकेश कुथु, तेज तामाङ विश्वास श्रेष्ठ, सुदिल राई, आशिष गुरुङ, छिरिङ गुरुङ, आशिष राई तथा विदेशी खेलाडीमा मेसौके ओलुमोउ, स्टेफेन समिर र फ्लोरेन्ट कोर्वा रहेका छन् । यस्तै सुदिप शिख्रकार, विश्वास उदास, राजन गुरुङ, विनय श्रेष्ठ, रुमेश बर्तौला, अन्जन राई, प्रेजेन तामाङ र अमृत श्रेष्ठ टोलीमा छन् । ह्यामस्ट्रिङका कारण राष्ट्रिय टिमका सदस्य सन्जोक राईले खेल्ने सम्भावना न्युन छ । उनको अभाव टोलीलाई खड्किन सक्नेछ ।

    कम विश्रामका कारण खेल्नुपर्दा टोलीलाई असर पर्न सक्नेछ । तर टोलीका कार्यवहाक प्रशिक्षक राजु तामाङले २४ घन्टा नबित्दै खेल्नुपर्दा गाह्रो हुने भएपनि ‘आयो लाखे जाग्यो लाखे’ भन्ने थिमको मोटिभमा अघि बढ्ने बताएका छन् ।

    उनले बेञ्च पनि बलियो भएका कारण खेलाडीको अवस्था हेरेर टिममा हेरफेर हुन सक्ने बताएका छन् । लिगको सुरुवाती चार खेलमा जित निकाल्न नसकेको र त्यसपछिको सबै तीन खेलमा जित निकालेका कारण ललितपुर उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

    टोलीसँग मार्की खेलाडी तथा कप्तान अन्जन विष्ट, कमल श्रेष्ठ, प्रवेश दनुवार, एरिक विष्ट, विमल राना, मिक्चेन तामाङ, डोना थापा, नविन लामा, गोलरक्षक अर्पण कार्की रहँदा विदेशी खेलाडीमा नुर्लान नोभ्रुजोभ, भिलिम पोसिन्कोभिच र पिटर सेगुन छन् । यस्तै सरोज योन्जन लामा, रन्जन विष्ट, पाल्साङ लामा गौरव बुढाथोकी पनि टोलीमा छन् । प्रतिबन्धका कारण बुटवल लुम्विनीविरुद्धको खेल गुमाएका डिफेन्डर निरज बस्नेत काठमाडौंविरुद्ध उत्रनेछन् ।

    नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

    प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् । 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad