स्कुल अफ डेमोक्रेसी स्याङ्जाले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Thursday, May 20, 2021

    स्कुल अफ डेमोक्रेसी स्याङ्जाले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

    स्कुल अफ डेमोक्रेसी स्याङ्जाले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

    स्याङ्जा, ६ जेठ । स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।

    राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरु गर्ने भएको हो ।

    जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा थप उपचारका लागि पोखरा तथा सुबिधा सम्पन्न अस्पतालमा लैजानु पर्दा थप एम्बुलेन्स पनि आवश्यक भएकाले डेमोक्रेसीले निशुल्क एम्बुलेसन्स संचालन गर्ने निर्णय गरेको हो ।

    यहाँका ११ वटै पालिकालाई लक्षित गर्दै सेवा उपलब्ध गराउने गरी सेवा संचालनमा ल्याइने भएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष ई. अनुप श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा सामाजिक उत्तरदायित्व अनुरुप जिल्लाभर समेट्ने गरी विपन्न वर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवा’ संचालन गर्नेछौं ।

    Prahlad (1).jpg

    सबै पालिकामा गठित डेमोक्रेसी पालिका संयोजकले बिरामी तथा उनका परिवारँंग समन्वयगरी अस्पतालसम्म पुर्याउने ब्यवस्था मिलाइएकोे उहाँले बताउनुभयो ।

    परोपकारी अभियानको सहयोगका लागि भन्दै पोखरा महानगरपालिका पृथ्वीचोकस्थित होटल तिरुपतिका संचालक प्रल्हादजंग मरासीनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स गाडी उपलब्ध गराउनुभएको छ ।

    images
    images

    उहाँले आफुले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका लागि उपलब्ध गराउनु भएको हो । उहाँ पुतलीबजार नगरपालिका ३ स्याङजाबासी हुनुहुन्छ । साथै डेमोक्रेसीका पुतलीबजार नगर संयोजक पनि ।

    परोपकारी तथा सामाजिक सेवामा सहयोगगरी सफल बनाउन सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, बिद्यार्थी संगसंगठन, स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाई दिदीबहीनी सबैलाई डेमोक्रेसी स्याङजाको अनुरोध गरेको छ ।

    स्कुल अफ डेमोक्रेसीले जिल्लाका सबै पालिकामा आफना संजाल बिस्तार गर्दे संजाल मार्फत बिभिन्न सामाजिक सेवा गर्दै आएको छ ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad