स्याङ्जामा निषेधाज्ञामा पनि रोकिएन सडक निर्माण, ५० किमि कालोपत्रे गर्ने लक्ष्य - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Saturday, May 22, 2021

    स्याङ्जामा निषेधाज्ञामा पनि रोकिएन सडक निर्माण, ५० किमि कालोपत्रे गर्ने लक्ष्य



    स्याङ्जा, ८ जेठ। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अधिकांश कामहरु ठप्प भइरहेको बेला सडक निर्माणले भने तीब्रता पाएको छ । जिल्लामा संघ र प्रदेश सरकारअन्तर्गतका सडक योजनाका कामहरु धमाधम भइरहेका छन् ।

    images
    images

    राजमार्ग स्तरोन्नति तथा पुनस्थापना कार्यक्रमअन्तर्गत सिद्धार्थ राजमार्ग एनएच ६९ को वालिङ स्याङ्जा सडकखण्डमा कालोपत्रे र स्याङ्जा कुभिन्डे सडकखण्डमा हाड रक कटिङ गर्ने काम भइरहेको नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन पोखराका इन्जिनियर एवम् सूचना अधिकारी किरण सुवेदीले कालीगण्डकी खबरलाई बताउनुभयो । उक्त वालिङ स्याङ्जा सडकखण्डमा कालोपत्रे गर्ने काम भइरहेको र हालसम्म ७५ प्रतिशत सम्पन्न भएको भन्दै सुवेदीले भन्नुभयो, ‘‘हार्ड रक कटिङको काम भने ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

    जगत भञ्ज्याङ् मण्डलीथान केवरे भञ्ज्याङ् बारीकुना किसान चापाकोट गजरकोट सडक, स्याङ्जा एनएच ६९ अन्र्तगत बारिकुना साँखर सडक खण्डमा कालोपत्रे गर्ने काम हालसम्म ७५ प्रतिशत र सोतीदोभान वेजाङ पञ्चमूल आरुचौर घण्टे देउराली सडक स्याङ्जा एनएच ७० मा कालोपत्रे गर्ने काम ७० प्रतिशत सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ ।

    त्यसै गरी वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत सेतीवेनी पेलाकोट गल्याङ चापाकोट डण्डा नवलपुर सडक स्याङ्जाको गल्याङ पेलाकोट सडकखण्डमा टेवा पर्खालको काम भइरहेको र हालसम्म उक्त योजनाको १५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

    गायकटोल सातुपसल नुहारभन्ज्याङ अर्जुनचौपारी रापाकोट घन्टे निमौला फलेवास सडकको पनि कालोपत्रे गर्ने भइरहेको छ भने अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    त्यसै गरी गल्याङ चापाकोट सडक स्तरोन्नतिअन्र्तगत किसान सातदोबाटोमा सबबेसको काम भइराखे पनि अहिलेसम्म जम्मा १० प्रतिशत मात्रै सम्पन भएको छ ।

    यो वर्ष असार मसान्तसम्म स्याङ्जामा २० किमि कालोपत्रे गर्ने लक्ष्य लिएको सडक डिभिजन कार्यालय पोखराले बैशाख मसान्तसम्म १२ किमि सडक कालोपत्रे भएको जनाएको छ ।

    road joint photo.jpg

    ‘‘प्रदेश सरकारअन्तर्गतका योजनाहरुअन्र्तगत आधिँखोला गाउँपालिकामा नौडाँडा कार्कीनेटा सडकमा कामदारको दुईवटा समूह बनाएर कालेपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख लक्ष्मीप्रसाद भण्डारीले कालीगण्डकी खबरसँग कुराकानी गर्दै भन्नुभयो ‘‘असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने उक्त योजनाको काम अहिलेसम्म ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।”

    पुतलीबजार नगरपालिकाअन्र्तगत घुम्ती ज्यामिरे हरिनास सडकमा पनि कालोपत्रेका काम तीब्र गीतमा भइरहेको छ । हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको उक्त योजना पनि असारमसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको नि. प्रमुख भण्डारीले बताउनुभयो ।

    वालिङ नगरपालिकामा सञ्चालित बयरघारी उदीयचौर सडकमा नाली र टेवा पर्खाल निर्माण कार्य भइरहेको र उक्त योजनाको अहिलेसम्म ४५ प्रतिशत सम्पन्न भएको छ ।

    त्यसै गरी हरिनास गाउँपालिका केन्द्र जोड्ने सडकमा ग्यावियन टेवा पर्खालको काम भइरहेको छ भने उक्त योजनाको हालसम्म ३५ प्रतिशत र कालीगण्डकी गाउँपालिकाको विर्घा गहलाम वरकसेरी सडकमा नाला निर्माण र टेवा पर्खाल निर्माण गर्ने कामको ३० प्रतिशत सम्पन्न भएको छ ।
    हेलु अर्जुन चौपारी सडकमा नाली निर्माण कार्य भइरहेको यस योजनाको हालसम्म २५ प्रतिशत सम्पन्न भएका छ भने अर्जुन चौपारी छाया आग्रीरपर्क सडकमा नाली टेवा पर्खाल निर्माण भइरहेको र उक्त सडकको काम ५० प्रतिशत सम्पन्न भएको छ ।

    त्यसै गरी चापाकोट नगरपालिकाको दामाचौर हिलामराङ् दगदी क्याक्मी सडकमा अहिलेसम्म सडक फराकिलो बनाउने काम सकिएको र वाल उठाउने काम भइरहेको छ । यहाँ अहिलेसम्म २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सबै योजनाहरुमा १० देखि ४० जना कामदारहरुले स्वास्थ्य मापदण्ड अपनाएर काम गरेको पूर्वाधार विकास कार्यालय स्याङ्जाले जनाएको छ ।

    प्रदेश सरकारअन्तर्गतका बहुवर्षीय योजनाहरु ८ करोडदेखि ३५ करोडसम्मका रहेका छन् । प्रदेश सरकारअन्र्तगतका सडक योजनाहरुअन्तर्गत यो वर्ष जिल्लामा ३० किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएकोमा हालसम्म १८ किमि सम्पन्न भइसकेको छ ।

    जिल्लामा कारोना संक्रमण बढ्दै गएपछि कामदारहरुले पछिल्लो समय घर जना पाए हुन्थ्यो भन्ने मनिस्थिति बनाउदैँ गएको पूर्वाधार विकास कार्यालय स्याङ्जा नि. कार्यालय प्रमुख भण्डारीले कालीगण्डकी खबरसँग भन्नुभयो, अहिले ठेकेदारहरुले काम गर्नका लागि थप कामदारहरु ल्याउन खोजे पनि तत्काल नल्याउनु भनेको छु । थप कामदारहरु ल्याउँदा संक्रमण बढेर काम भइरहेको योजना पनि रोकिन्छ कि भने डर लागेर भएको कामदारहरुलाई सुरक्षित राख्दै काम गर्न निर्माण पक्षलाई अनुरोध गरेको छु । यहाँ सञ्चालित सबै आयोजनामा अधिकांश कामदारहरु वीरगन्ज, बाँके बर्दिया, कैलालीलगातका जिल्लाहरुका रहेका छन् ।

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कामदार तथा सुपरभाइजर यथास्थानमा रही स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र विकासका आयोजना सञ्चालन गर्न आग्रह गरेको छ भने जिल्ला कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बैशाख २० गतेदेखि सुरु भएको निषेधाज्ञा थप गरेर जेठ १५ गतेसम्म पु¥याएकोे छ । 

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad