स्याङ्जा चापाकोट र अर्जुन चौपारीका कोरोना संक्रमितको निधन - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 21, 2021

    स्याङ्जा चापाकोट र अर्जुन चौपारीका कोरोना संक्रमितको निधन

    चापाकोट र अर्जुन चौपारीका कोरोना संक्रमितको निधन

    स्याङ्जा, ७ जेठ । स्याङ्जाका थप २ जना कोरोना संक्रमितको निधन भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट जिल्लाको चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

    निर्देशक शर्माका अनुसार चापाकोट नगरपालिका वडा नं ७ की ६५ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा आज निधन भएको हो । उहाँलाई जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसै गरी अर्जुन चौपारी गाउँपालिका वडा नं ६ की ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा निधन भएको छ । उहाँलाई जेठ ३ गते संक्रमण पुष्टि भएको थियो ।

    No comments:

    Post a Comment

    Welcome To BIKRAM SHAHI

    Post Top Ad