वालिङ नगरपालिकाले अस्पतालका बिरामीलाई निशुल्क भोजनको व्यवस्था - Bikram Shahi

Breaking News

तपाईँ सुन्दै हुनुहुन्छः

    Post Top Ad

    Post Top Ad

    Friday, May 21, 2021

    वालिङ नगरपालिकाले अस्पतालका बिरामीलाई निशुल्क भोजनको व्यवस्था

    वालिङ नगरपालिकाले अस्पतालका बिरामीलाई निशुल्क भोजनको व्यवस्था

    वालिङ, ७ जेठ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह«ौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो ।

    images
    images

    “विश्वभर महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ को सङ्क्रमण दर वालिङमा पनि उच्च छ” उहाँले भन्नुभयो, “सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ जसका कारण होटल तथा पसलहरु नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निशुल्क खानाको ब्यवस्था मिलाएका छौं ।”

    होटल तथा अन्य पसलहरु बन्द हुँदा खाना तथा खाजाको ब्यवस्थापनका लागि समस्या भएकाले नगरपालिकाको सहयोगमा अस्पतालकै क्यान्टिनबाट निशुल्क खाना उपलब्ध गराईएको उहाँले बताउनुभयो ।

    “नजिकै घर भएकालाई त समस्या नहोला, उहाँहरुले घरबाटै पनि ल्याउन सक्नुहुन्छ” उहाँले भन्नुभयो, “तर घर टाढा भएका र यहाँ आफन्तजनहरु पनि नभएकाहरुका लागि खाजा तथा खाना ब्यवस्थापनमा समस्या हुने गरेकोले सहजताका लागि खाना उपलब्ध गराईएको हो ।”

    नगरपालिकाले तयार पारेको अक्सिजनसहितको ३५ शैयाको सुविधा सम्पन्न आईसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देबेन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    नगरपालिकाको सहयोगमा दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट स्वस्थकर खाजा तथा खानाको ब्यवस्थापन गरिएको सूचना अधिकारी भट्टराईले बताउनुभयो ।

    “अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई बस्नुभएका कोरोना सङ्क्रमितहरुलाई बिहान ८ बजेभित्र खाजा, ११ बजेभित्र खाना, दिउसो ३ बजेभित्र खाजा र बेलुकी ८ बजेभित्र खाना उपलब्ध गराउँछौं” सूचना अधिकारी भट्टराईले भन्नुभयो, “अस्पतालबाटै निशुल्करुपमा खाना उपलब्ध गराउँदा बिरामी तथा आफन्तहरुलाई सहजता भएको र सबैले एउटै समयमा खाना खाएपछि सबैलाई एकै समयमा औषधि खुवाउन पनि सहज भएको छ ।”

    नगरपालिकाले आईसोलेसनका लागि सहयोग गर्न ईच्छुकहरुलाई सहयोगका लागि आब्हानसहित ब्यहोराको सूचना जारी गरेसँगै आईसोलेसनलाई आवश्यक पर्ने विभिन्न दाता, संघ संस्था तथा ब्यक्तिहरुबाट सहयोग जुटिरहेको छ ।

    दाताहरुबाट अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, नेबुलाईजर, शैयाहरु, अक्सिजन सिलिण्डर भर्नकालागि आर्थिक सहयोग, औषधि खरीद तथा उपचारका लागि प्रयोग हुने उपकरणहरुका लागि सहयोग प्राप्त भईरहेको छ । त्यस्तैगरी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाहरुका लागि भोजन ब्यवस्थापनका लागि पनि दाताहरुले नगरपालिकामार्फत सहयोग गर्ने क्रम बढ्दो छ ।

    2 comments:

    1. As of right now, there aren't any options for cryptocurrency banking methods at Jackpot City. If you’re thinking about cryptocurrency casinos, please take a look at|try} the options to Jackpot City section for additional data. Wagering requirements are the variety of instances may be} anticipated to play through your bonus funds earlier than being able to|with the power to|having the power to} cash them out. The greater the wagering requirements, the harder it’ll be to cash these funds out. Despite the excessive Jackpot City’s wagering requirements for the welcome bonus, we still 바카라 consider it deserves a comparatively excessive rating for its bonuses.

      ReplyDelete
    2. Plastic injection molding is the process used to produce low or high volumes of custom plastic parts for business and industrial use. From intricate automobile security components to simple products like enterprise card holders, the purposes span a variety of industries. Insert molding can cut back cost by embedding secondary parts into the plastic injection molding course of, as opposed to putting in the parts after molding. By integrating the inserts at the time of molding, the parts become more strong compared to with} staking the items in post-molding. Of course, the insert items must ready to|be succesful of|have the ability to} withstand the high temperature and pressure of Mittens for Extreme Cold the injection molding course of. Overmolding is a plastic injection molding course of which could be very helpful for producing multi-material parts with some unique properties.

      ReplyDelete

    Welcome To BIKRAM SHAHI

    Post Top Ad